बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य ५ हजार ९ सय रुपैयाँले बढेको हो ।

बिहीबार सुन प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबारको तुलनामा चाँदी १ सय ७० रुपैयाँले बढेर प्रतितोला ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.