घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ घटेको हो ।

बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य बढेको छ। मगलबारको तुलनामा प्रतितोला ५५ रुपैयाँ बढेर चाँदी बुधबार ४ हजार ९ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।

You might also like

Comments are closed.