आइतबार पनि घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । साताको शुरुवात सँगै सुनको मूल्य घट्ने क्रम जारी छ । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ घटेको छ ।

छापावाला सुनको मूल्य आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । । शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो ।

jutta mela

यस्तै चाँदी आज प्रतितोला १ हजार १५० रुपैयाँमा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोवार भएको थियो । शुक्रबारका तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

You might also like

Comments are closed.