घट्यो सुनचाँदीको मूल्य, कतिमा भईरहेको छ कारोबार ? 

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा ७ हजार ८ सय रुपैयाँ र चाँदी  ११५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ५ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४  हजार ८ सय ९५ रुपैयाँ कायम भएको छ ।
बिहीबार प्रतितोला सुन रु ३ लाख २ हजार ३ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य  ५ हजार १० रुपैयाँ कायम भएको थियो ।
गत बुधबार छापावाल सुनको मोल प्रतितोला ३ लाख सात हजार ७ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १५० रुपैयाँ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७ सय र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस
You might also like

Comments are closed.