घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ? 

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनकोे मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला  १ हजार ६ सय रुपैयाँले घटेको हो ।  चाँदी भने तोलामा ८० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँ र प्रतितोला चाँदीको मूल्य ४ हजार ५ सय ५ रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुनको मूल्य  प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य ४  हजार ४ सय २५ रुपैयाँ कायम भएको थियो ।
You might also like

Comments are closed.