बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला १४ हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदी पनि प्रतितोला ४ सय १५ ले बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ र प्रतितोला चाँदीको मूल्य ४ हजार ९२० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनकोमूल्य प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४ हजार ५०५ कायम भएको थियो ।

 

You might also like

Comments are closed.