गल्फ प्रतियोगिताको पूर्वसन्ध्यामा साइकल ¥याली

पोखरा । पोखरामा बाह्रखरी अनलाइनको आयोजनमा शनिबारबाट हुन गइरहेको “आमन्त्रण गल्फ प्रतियोगिता” को पूर्वसन्ध्यामा साइकल ¥यालीको आयोजना गरिएको छ । पोखराको पर्यटन प्रवद्र्धनको उद्देश्यसहित पोखरामा आयोजना हुनलागेको गल्फ प्रतियोगिताको पूर्वसन्ध्यामा साइकल ¥याली कार्यक्रम सम्पन्न गरिएको अनलाइनका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले जानकारी दिए । “हामीले पोखराको पर्यटन प्रवद्र्धनसँगै ग्रिन सिटीको अवधारणालाई लिएर यो कार्यक्रमको आयोजना गरेका हौं” उनले भने । उनका अनुसार पोखराको खहरेचोक, हल्लनचोकदेखि पोखराका विभिन्न प्रमुख चोक हुँदै हिमालयन गल्फ कोर्स मझेरीपाटन पुगेर उक्त ¥याली टुंगिएको थियो भने, ¥यालीमा ७० बढीले सहभागिता जनाएका थिए ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले कार्यक्रमको उद्घाटन गर्दै पोखरालाई ग्रिन सिटि बनाउने अभियानमा महानगर विभिन्न योजना बनाइरहेको जानकारी दिए । पोखराको प्राकृतिक सुन्दरताले भरीपूर्ण शहर भएकाले यसको सौन्दर्यलाई ताजा राख्न ग्रिन सिटिको अवधारणा अनुरुप काम भइरहेको उनको भनाइ थियो । प्रमुख जिसीले यस्ता गतिविधिले पोखराको सुन्दरता र स्वच्छतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त अनलाइनका प्रधान सम्पादक प्रतिक प्रधानले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन र विश्वमा गल्फको खेलको लागि पोखरा उत्कृष्ट स्थल हो भन्ने सन्देश दिन प्रतियोगितको आयोजना गरिएको बताए । विश्वमा पोखराले नेपाललाई चिनाएको उल्लेख गर्दै पोखराको प्राकृतिक सुन्दरतालाई जोगाउन आवश्यक रहेको उनको भनाइ थियो ।

jutta mela

पोखरामा शनिबार हुने प्रतियोगितामा एनसेलका प्रमुख प्रायोजक रहेको छ भने नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पनि सहकार्य गरेको छ ।

प्रतियोगितामा काठमाडौँ पोखरा, विराटनगर, वीरगञ्च, चितवन, भैरहवा नेपालगञ्ज र धनगढीलगायतबाट करिव २०० पाहुना पोखरा आउने छन् भने यस क्षेत्रका साहसिक गतिविधि र अन्य पर्यटकीय गन्तब्यमा पाहुनाले सहभागी हुने कार्यक्रमसमेत रहेका आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.