प्रतितोला ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

 

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेर ९६ हजार ५ सय रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर एक हजार ३२० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ ।

 

lcci
You might also like

Comments are closed.