लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पुस ३ देखि १४ गतेस २१औं लेखनाथ महोत्सव हुँदैछ । यस पटकको महोत्सवलाई भव्य र सभ्य बनाउन हामीहरु लागिरहेका छौं । मैले संघमा वरिष्ठ उपाध्यक्ष एवं महोत्सवको सह–संयोजक तथा अतिथि सत्कार उपसमिति संयोजकमा रहेर काम गरिरहेको छु ।
महोत्सवमा आउने विशिष्ट पाहुनाहरू, उद्योगी, व्यवसायी र सर्वसाधारणको स्वागत सत्कारमा कुनै कमी हुन नदिन हामीहरु अहोरात्र खटिरहेका छौं । विभिन्न उपसमितिहरूलाई सक्रिय बनाएर सामूहिक प्रयासमार्फत महोत्सवलाई अहिलेसम्मकै उत्कृष्ट बनाउने लक्ष्य राखिएको छ ।
लेखनाथ महोत्सवको मुख्य उद्देश्य नै स्थानीय कला, संस्कृति र उत्पादनको प्रवद्र्धन गर्नु हो । यहाँको कृषि तथा स्थानीय उत्पादनलाई विशेष प्राथमिकतामा राखेका छौं । स्थानीय कृषक र उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूलाई बजारसँग जोड्ने माध्यमका रूपमा यो महोत्सव रहनेछ । साथै राष्ट्रियस्तरका उद्योगहरूको उत्पादनले पनि महोत्सवमा प्रशस्त स्थान पाउनेछन् ।
सात तालको बगैंचा सहर भनेर चिनिने लेखनाथ क्षेत्रको पर्यटन प्रवद्र्धन पनि महोत्सवको अर्को महत्वपूर्ण पक्ष हो । महोत्सवमा हुने विविध सांस्कृतिक गतिविधि र पर्यटकीय स्टलहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने विश्वास लिइएको छ । लेखनाथबासीको अपार माया र साथ नै हाम्रो सफलताको कडी हो । यसपटक पनि लेखनाथ तथा आसपासका क्षेत्रका बासिन्दाहरूको व्यापक उपस्थिति रहनेमा हामी पूर्ण विश्वस्त छौं । महोत्सवले सुस्ताएको आर्थिक गतिविधिमा ऊर्जा भर्ने र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा हामीले गरेका छौं ।





Comments are closed.