इटहरिमा खुल्यो गोरखा इन्स्टिच्युट

इटहरि । इटहरिस्थित आइतबारे लाइनमा गोरखा इन्स्टिच्युट सञ्चालनमा आएको छ । युवा व्यवसायी रामहरि दुवाडीले इन्स्टिच्युट सञ्चालनमा ल्याएका हुन् ।

अध्ययन तथा रोजगारीका लागि जापान जान चाहने विद्यार्थी तथा कामदारका लागि इन्स्टिच्युटले परामर्श सेवा तथा भिसा प्रोसेसिङमा सहयोग गर्ने दुवाडीले जानकारी दिए । जापान जान चाहने विद्यार्थीलाई इन्स्टिच्युटमा जापानीज भाषा निःशुल्क पढाइने उनले जानकारी दिए ।

jutta mela

‘जापानका विभिन्न शहरहरुमा हाम्रो सिधा सम्पर्क छ,’ उनले भने, ‘जापान जान चाहने विद्यार्थी तथा कामदारलाई हामीले सहयोग गर्छौं ।’ सञ्चालक दुवाडी ७ वर्षसम्म जापानमा अध्ययन गरेर स्वदेश फर्किएका हुन् ।

You might also like

Comments are closed.