नयाँ गभर्नरको पहिलो हस्ताक्षर हजार र ५० को नोटमा

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको सुरुवातमै रू १००० र रू ५० दरका नयाँ नोटमा हस्ताक्षर गर्ने भएका छन् ।

पद बहालीसँगै ती दरका नोट छाप्ने प्रक्रिया सुरु गरेर उनले केन्द्रीय बैंकमा नेतृत्व सम्हालेका छन् ।

बुधवार बिहान शपथ ग्रहणपछि बालुवाटार स्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर उनले पदभार ग्रहण गरे । त्यसै बखत कार्यकालकै पहिलो निर्णयको रूपमा नयाँ नोट छाप्न डिजाइन समिति पठाउने गरी निर्णय गरेका छन् ।

गभर्नरको पहिलो निर्णयअनुसार रू। १००० हजार र रू। ५० दरका नोट छपाइका लागि डिजाइन गरिने राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले जानकारी दिए । डिजाइन सकेर समितिमा पेस गरिने उनले बताए ।उनले भने,‘रू १००० हजार र रू ५० दरका नोट छपाइका लागि डिजाइन गरिनेछ । त्यसपछि डिजाइन समितिमा पेस गरिनेछ। समितिमा पेस गर्नका गभर्नर ज्यूको सदर हुनुपर्छ । सबै प्रक्रिया सकेर मात्रै टेन्डर गरिनेछ ।’

यसरी लामो प्रक्रिया पुरा गरेर छापिने नोटमा बल्ल नयाँ गभर्नरको हस्ताक्षर देख्न पाइनेछ ।

You might also like

Comments are closed.