एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा बैंकर गोविन्द घिमिरे नियुक्त

काठमाडौं । बैंकर गोविन्द घिमिरे एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन् । हाल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भएर जिम्मेवारी सम्हालिरहेका घिमिरे आगामी ४ वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई नियुक्त गरेको हो ।

हालका सिइओ सुनिल श्रेष्ठको कार्यकाल यही फागुनमा सकिदैछ । चैतबाट सिइओको जिम्मेवारी घिमिरेले सम्हाल्नेछन् ।

नवनियुक्त सिइओ घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् । १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका उनी सन् २००९ देखि एनएमबी बैंकमा आबद्ध रही विभिन्न जिम्मेवारी कुशलतापूर्वक सम्हालेका छन् ।

यसैबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय वरिस्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् ।

You might also like

Comments are closed.