सुरक्षित गाडी कि २० वर्षे गाडी ?

गोविन्द भट्टराई, काउन्सिल मेम्बर, इन्टरनेसनल अटोमोबाइल फेडरेसन (एफआईए)

अहिलेको अवस्थामा विभिन्न स्थानमा अटोल्यान्ड अनिवार्य आवश्यकता बनेको छ । यसो भएमा शिक्षित र युवाहरुलाई रोजगारीको सम्भावना पनि हुन्छ । आधुनिक औजार र उपकरण भित्रिन्छन् । सहर पनि सुरक्षित हुन्छ । हेभी ड्राइभिङ स्कुलमा सरकारले लगानी नगरेसम्म ड्राइभिङको गुणस्तर सुधार हुँदैन ।

लाइसेन्स कसरी लिने र कुन निकायले लिने भन्नेमा धेरै ध्यान दिनु आवश्यक छैन । तर लाइसेन्सका लागि ड्राइभिङ सिकाउने प्रणाली गुणस्तरीय बनाउनु आवश्यक छ । ट्रेनर, पूर्वाधार, पाठ्यक्रम, शैक्षिक विधि आदिलाई आधार मानेर लाइसेन्स प्रदान गरिनुपर्छ । अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट अर्थात आईडीपी नेपालबाट पनि सुरुवात गर्नु आवश्यक छ र नेपाली लाइसेन्सलाई विश्वव्यापीकरण गर्नु आवश्यक छ । यसबाट नेपाली लाइसेन्सप्रति संसारमा राम्रो धारणा बस्छ ।

सडक र यातायात सम्बन्धी अध्ययन गर्ने रिसर्च सेन्टर नै छैन । इमिसन इस्युको वारेमा नास्टले काम गर्नु आवश्यक छ । २० वर्ष चलेका सवारी साधन हटाउनु पर्छ भन्ने बेतुकको तर्क गरिन्छ । तर सुरक्षित गाडी कि २० वर्षे गाडी ? यसमा बहस गर्नु आवश्यक छ । सेफ्टी स्ट्यान्डर्ड ग्लोबल एनक्यापको आधारमा गरिनुपर्छ । जापान र जर्मनीका गाडी ४०, ५० वर्षसम्म पनि चल्छन् । यसैले नेपाललाई कमजोर गाडीको कवाडखाना बनाउनु हुँदैन । प्रदूषण र गाडीको आयु नितान्त फरक कुरा हुन् ।

jutta mela

काठमाडौं लगायतका विभिन्न सहरमा स्पिड म्यानेजमेन्टतिर ध्यान दिनु आवश्यक छ । हाल एउटै दुरीमा फरक फरक समय लाग्ने अवस्था छ । काठमाडौंको ट्राफिक हटाउने हो भने स्पिड दर बढाउनु पर्छ, तर यसको व्यवस्थापन गर्नुपर्छ । डेनमार्कमा नेपालमा भन्दा कम सडक सञ्जाल छ । तर चार गुणा बढी गाडी छन् । यसबाट पनि केही सिक्न सकिन्छ । नेपालको सडकले दुई करोड भन्दा बढी सवारी साधन धान्न सक्छ । तर टाउन प्लानिङ, मानिसको मोबिलिटी, बसाई सराई सिस्टम त्यही अनुसार हुनुपर्छ । अन्य पूर्वाधार पनि । स्टार रेटिङ भेइकलको व्यवस्था गरिनुपर्छ ।

युन कन्भेन्सन अन रोड ट्राफिक १९४९, युएन भेइकल रेगुलेसन एग्रिमेन्ट १९५८, १९९७ र १९९८, युनाइटेड नेसन रोड सेफ्टी स्ट्राटेजी २०१८, एग्रिमेन्ट अन मिनिमम रिक्वायरमेन्ट फर द इस्यु एन्ड भ्यालिडिटी अफ डाइभिङ परमिट १९७५, सीडीपी कन्भेन्सन १९५४ र १९५६, युएन कन्भेन्सन १९६८ भियना (आईडीपी) आदि कार्यान्वयनमा ध्यान जानु आवश्यक छ ।

(‘सेफ रोड एण्ड सस्टेनेवल ट्रान्स्पोर्ट’ बारेमा बुधबार आयोजित छलफल कार्यक्रममा भट्टराईले राखेको विचारको सम्पादित अंश)

 

You might also like

Comments are closed.