काठमाडौं । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्द्रप्रसाद ढकालले बजेट कार्यान्वयन चुनौतिपूर्ण रहेको बताएका छन् । कोरोना महामारीको समयलाई मध्यनजर गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइनु बजेटको राम्रो पक्ष रहेको ढकालले बताए ।
‘समग्रमा बजेट चुनाव केन्द्रित भएर आएको देखिन्छ,’ उनले भने, ‘बजेट कार्यान्वयन गर्न चुनौतिपूर्ण छ ।’ आर्थिक बृद्धिदर ६.३ प्रतिशत प्राप्त गर्ने बजेटको लक्ष्यलाई प्राप्त गर्न सक्ने अवस्था नरहेको ढकालले बताए ।
‘प्रमाणपत्रको आधारमा शैक्षिक कर्जा प्रवाह गर्ने सीमा ७ लाखबाट बढाएर २५ लाख रुपैयाँ पुर्याइएको छ,’ उनले भने, ‘अघिल्लो वर्ष ल्याएको ७ लाखलाई नै कार्यान्वयन नभएको अवस्था यसलाई कसरी कार्यान्वयन हुन्छ भन्ने प्रश्न चिन्ह खडा भएको छ । अध्ययन नभई यो विषय बजेटमा समेटिएको देखिन्छ ।’







Comments are closed.