ग्रेस इन्टरनेशनलको ब्राण्ड एम्बेस्डर बने क्रिकेटर दीपेन्द्र सिंह ऐरी

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको ग्रेस इन्टरनेशनलको ब्राण्ड एम्बेस्डरमा क्रिकेटर दीपेन्द्र सिंह ऐरी नियुक्त भएका छन् ।

यस सम्बन्धी सम्झौता पत्रमा ग्रेस इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेल (एन्ड्रयु)ले र क्रिकेटर ऐरीले बिहीबार हस्ताक्षर गरेका छन् । इक्यानका अध्यक्ष शेषराज भट्टराई लगायतको उपस्थितिमा सम्झौता भएको हो ।

‘सुपरस्टार क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई ब्रान्ड एम्बेस्डरको रूपमा घोषणा गर्न पाउँदा ग्रेस इन्टरनेशनल गौरव महसुस गर्दछ,’ ग्रेसका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेल (एन्ड्रयु)ले भने । ग्रेस इन्टरनेशनलले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, युके, युएसए, क्यानडा, न्युजिल्याण्ड लगायत देशमा जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ग्रेसका शाखाहरु काठमाडौंको पुतलीसडक, चितवन, हेटौंडा, बिराटनगर, पोखरा, दमक, पर्सा, कावासोती, बुटवल, बिर्तामोड, दमौली र बागलुङमा छन् । त्यस्तै विदेशस्थित देशमा पनि शाखा स्थापना गरी ग्रेसले सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.