काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवामा अग्रणी संस्था ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशन २० औं वर्षमा प्रवेश गरेको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ग्रेस इन्टरनेशनलले काठमाडौंको पुतलीसडक, चितवन, हेटौंडा, बिराटनगर, पोखरा, दमक, पर्सा, कावासोती, बुटवल, बिर्तामोड, दमौली र बागलुङमा पनि शाखा संचालन गरिरेको छ । १२ भन्दा बढी देशमा शाखा स्थापना गरी ग्रेस इन्टरनेशनलले सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्रेस इन्टरनेशनलले विद्यार्थीलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्याण्ड लगायतका देशमा अध्ययनका अवसर प्रदान गर्दै आएको छ । विश्वव्यापी शिक्षामा नेपाललाई अगाडि बढाउने लक्ष्यसहित, संस्थाले विद्यार्थीको भविष्य निर्माणका लागि निरन्तर सेवा प्रदान गरिरहेको छ ।
वैदेशिक उच्च शिक्षाका लागि विद्यार्थीलाई सहज ढंगले प्रभावकारी सेवा प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनलले शैक्षिक परामर्श संस्थामध्ये आफूलाई अब्बल सावित गर्न सफल भएको ग्रेस इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेल (एन्ड्रयु)ले बताए ।








Comments are closed.