‘शरिरको महत्वपूर्ण अंग छाला हो, हामी ग्यारेन्टीका साथ छालाको उपचार गर्छौं’

मानव शरिरलाई ढाक्ने महत्वपूर्ण अंग छालालाई मानिन्छ । शरिर सुरक्षित राख्न छालालाई सुरक्षित राख्नै पर्छ । मानव शरिरका अन्य अंगमा जस्तै छालामा पनि विभिन्न रोगहरु लाग्छन् । छाला सम्बन्धी सम्पूर्ण सेवा तथा उपचार प्रदान गर्नका लागि राजधानी काठमाडौंको महाराजगंजमा २ वर्ष अगाडिबाट ग्राण्ड स्किन केयर सेन्टर सञ्चालनमा छ । ग्राण्ड स्किन केयरबाट प्रदान हुने सेवा तथा विशेषताहरुका सन्दर्भमा केन्द्रित रहेर प्रवन्ध निर्देशक राकेश अर्यालसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

ग्राण्ड स्किन केयर सेन्टरले छाला सम्बन्धी केकस्ता सेवाहरु प्रदान गर्दै आइरहेको छ ?

महाराजगंज काठमाडौंमा आज भन्दा २ वर्ष अगाडि ग्राण्ड स्किन केयर सेन्टर स्थापना भएको हो । यहाँबाट छाला सम्बन्धी सम्पूर्ण उपचार तथा सेवाहरु हामीले प्रदान गर्दै आइरहेका छौं । विशेष गरी कोठी, ट्याटु, चाया, पोतो, मुसा, चाउरिपना, शरिरको रौं, घाउ तथा डण्डिफोरको दागहरु यहाँबाट हटाउने गरिन्छ । कानको प्वाल र लोती सानो ठूलो बनाउने, ओठ, नाक सानो ठूलो बनाउने, डिम्पल बनाउने सेवा पनि यहाँबाट प्रदान हुन्छ ।

छाला सम्बन्धी उपचारका लागि ग्राण्ड स्किन केयर सेन्टरमा नै किन आउने ?

हामीले यहाँबाट छाला सम्बन्धी विशेष सेवा प्रदान गर्न सफल छौं । अत्याधुनिक लेजर मेसिनद्वारा हामीले सेवा प्रदान गरिरहेका छौं । जुन मेसिनलाई ४२ वटा देशका डाक्टर, विशेषज्ञ तथा प्रोफेसरहरुले ‘नो साइड इफेक्ट’ भनेर प्रुफ गरेका छन् । आफ्नै प्रयोगशाला तथा अति सुरक्षित शल्यक्रियाको सुविधा छ । आफ्नै फार्मेसीको व्यवस्थासमेत छ । हामीले प्रदान गर्ने सेवा लिन विदेशसम्म जानुपर्ने बाध्यता थियो । अब सिंगापुर, थाइल्याण्ड गएर लिने सेवा हामीले ग्राण्ड स्किन केयर सेन्टरबाटै प्रदान गरिरहेका छौं । हामीसँग दक्ष तथा अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टिम पनि छ ।

सेवाग्राहीहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

हाम्रो सेवा लिन देशभरबाट सेवाग्राही आउनुभएको छ । सर्वसाधरणदेखि प्रशिद्ध सेलिब्रेटीसम्म सबैले हामीलाई विश्वास गरी सेवाको अवसर दिनु भएको छ । हाम्रोमा आएर सेवा लिने सेवाग्राहीलाई हामीले सन्तुष्ट बनाउन सफल छौं । उहाँहरुको विश्वास जितेका छौं । यहाँ सेवा लिनुभएको सेवाग्राहीले अन्य साथी तथा आफन्तहरुलाई पनि सिफारिस गरी यहाँ पठाउनुभएको छ ।

ट्याटु हटाएर छाला पुरानै अवस्थामा पुग्छ ?

हामीले ग्यारेन्टीका साथ सेवा प्रदान गरिरहेका छौं । ट्याटु खोप्नु भन्दा पुरानो अवस्थामा छाला जस्तो थियो हामीले त्यस्तै बनाउन सक्छौं । कुनै समयमा रहरले ट्याटु खोप्नुभएका जोकोहीलाई पनि सामाजिक परिवेश, बाध्यता अथवा रहर पुरा भएर ट्याटु रिमुभ गर्नुपर्ने भयो भने यहाँ आउनुहोस भन्न चाहन्छु । हामीले ग्यारेन्टीका साथ सेवा उपलब्ध गराउनेछौं ।

ग्राण्ड स्किन केयर सेन्टरको स्थापना गर्ने सोच कसरी आयो ?

मानव शरिरमा जति पनि रोगहरु लाग्छन् यी सबै रोग निवारण गर्नका लागि हामी लागि परिरहेका छौं । हाम्रा हरेक अंगहरुलाई कभर गर्ने महत्वपूर्ण अगं मूख्य त छाला नै हो । छालालाई बिग्रन दियौं भने सोचौं भित्रका अंगहरुलाई हामीले कति सुरक्षित राखेका छौं ? त्यसैले छालालाई सुरक्षित राख्न हामीले कुनै पनि कसरत बाँकी राख्नुहुँदैन । त्यसपछि क्रमशः अन्य अंगहरुलाई पनि सुरक्षित राख्नुपर्छ । मानव शरीरको महत्वपूर्ण अंग छालालाई सुरक्षित बनाउन अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने गरी उपचार केन्द्र आवश्यक छ भन्ने मलाई महसुस भयो । त्यसपछि ग्राण्ड स्किन केयर सेन्टरको स्थापना भयो ।

सेवा विस्तारमा आगामी योजनाहरु केके छन् ?

सेवा विस्तारमा हामीहरु सक्रिय छौं । हेयर प्लान्टको सुरवात गर्दैछौं । अबको ६ महिना भित्र यो सेवा सुरु हुन्छ । विभिन्न कलेज तथा दुर्गम जिल्लाहरुमा छाला सम्बन्धी निःशुल्क शिविरहरु आयोजना गर्ने तयारीमा हामी छौं । ग्राण्ड स्किन केयर सेन्टरको सेवालाई पोखरा र चितवनमा पनि छिट्टै विस्तार गर्ने तयारीमा हामी छौं ।

अन्त्यमा के भन्नुहुन्छ ?

छाला सम्बन्धी सम्पूर्ण उपचारका लागि नेपालको सबैभन्दा राम्रो र उपयुक्त ठाउँ नै ग्राण्ड स्किन केयर सेन्टर हो । स्किन केयरमा लामो अनुभव भएका दक्ष, अनुभवी डाक्टरहरु डा. सुरेशप्रसाद बास्तोला, डा. सुरेन्द्र जंग बस्नेत, डा. प्रतिमा पौडेल लगायतको टिम छ । छाला सम्बन्धी जुनसुकै उपचारका लागि यहाँ आउनुहोस् । हामी पारिवारिक वातावरणमा यहाँहरुलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नेछौं ।

You might also like

Comments are closed.