पोखरा । ग्रिन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा नारायणी देवी श्रेष्ठ नियुक्त भएकी छन् । बैंकको १८७औं बोर्ड बैठकले श्रेष्ठलाई नियुक्त गरेको हो ।
४ वर्षे कार्यकालका लागि श्रेष्ठ स्वतन्त्र सञ्चालक नियुक्त भएकी हुन् । श्रेष्ठसँग बैंकि¬ङ क्षेत्रमा २४ वर्ष काम गरेको अनुभव छ ।
काठमाडौं १६ निवासी श्रेष्ठको बैंकिङ अनुभवबाट बैंकले लाभ लिने विश्वास गरिएको छ ।
पोखराको सभागृहचोकमा प्रधान कार्यालय रहेको क्षेत्रीय स्तरको ग्रिन डेभलपमेन्ट बैंकका १५ शाखा सञ्जाल छन् । बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा हरिबहादुर बुढाथोकी छन् ।
Comments are closed.