रुपाको घरदैलोमै पुगेर सहुलियतपूर्ण कर्जा लगानी गर्दै ग्रीन डेभलपमेण्ट बैंक

पोखरा । पोखरामा प्रधान कार्यालय रहेको ग्रिन डेभलपमेण्ट बैंकले कास्कीको रुपा गाउँपालिकाका किसानलाई घरघरमै पुगेर सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको छ । सरल र सहज रुपमा सहुलियतपूर्ण कर्जा प्रदान गर्न रुपा गाउँपालिका र ग्रीन डेभलपमेण्ट बैंकबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंङ्गाना र ग्रीन डेभलमपमेण्ट बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले हस्ताक्षर गरेका छन् ।

गाउँपालिका क्षेत्रका कृषि तथा पशुपंक्षी जन्य वस्तुको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी सिर्जना गर्न शिक्षित वेरोजगार युवाहरुलाई मुलुक भित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरुलाई विदेशमा आर्जन गरेको सिप र दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशीलता विकास गर्न, वित्तीय पहुँज तथा साक्षरता विस्तार गर्दै धितो सहित तथा विना धितोमा कर्जाका लागि आवश्यक सहजीकरण तथा व्यवस्थापन गर्न कर्जा लगानी हुने बैंकले जनाएको छ ।

गाउँपालिका भित्रका कृषकहरुलाई वित्तीय पहुँच वढाउन र लगानीको वातावरण सिर्जना गर्न नेपाल सरकारको सहुलियत पूर्ण कर्जाका लागि व्याज अनुदान सम्वन्धी एकीकृत कार्यविधी २०७६ मा व्यवस्था भए अनुरुपका कर्जा प्रभावकारी रुपमा प्रवाह गर्नका लागि गाउँपालिका र बैंक प्रतिवद्ध रहेको दुवै पक्षले जनाएका छन् ।

सम्झौता पश्चात रुपाका किसानहरुले विना धितो सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । बैंकले गाउँपालिकाको जमानीमा विभिन्न कृषि तथा पशुपालन सम्वन्धी व्यवसाय गर्नको लागि ऋण उपलव्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बताए । सहुलियतपूर्ण कर्जा लिदा महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत छुट पाउने छन् ।

गाउँपालिकाका अध्यक्ष नवराज ओझाले यो वर्षलाई कृषि वर्षको रुपमा मनाउने घोषणा गरेको बताए । डेढ अर्ब रुपैयाँ बजेट विनीयोजन गरेकोमा यो वर्ष मात्रै कृषि तथा दूधजन्य पदार्थमा आत्मनिर्भर हुने कार्यक्रम मार्फत २० करोड रुपैयाँ भित्र्याईसकेको उनले वताए । ‘कृषि वर्षको रुपमा अनुदान वढायौं । टनेल, औजारदेखि विभिन्न उपकरण किसानसम्म पु¥यायौं,’ उनले भने, ‘एक वडा एक नर्सरी कार्यक्रम चलिरहेको छ । अव व्यावसायिक कृषिमा लाग्न चाहनेले ग्रीन डेभलपमेण्ट बैंक मार्फत् विनाधितो र धितोसमेतमा सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने भएका छन् ।’

व्यावसायिक कृषि तथा पशुपालन, महिला उद्यमशीलता लगायत कृषि पेशासँग सम्वन्धित कार्यका व्यवसायका लागि बैंकको तालचोक शाखालाई तोकिएको र उक्त शाखामा सम्झौता वमोजिमको कर्जा प्रवाह कार्यलाई सहजीकरण गर्न छुट्टै इकाई समेत व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत आचार्यले बताए । कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले गाउँपालिकाका कृषकहरुले सहुुलियतपूर्ण कर्जाको अधिकतम उपभोग गर्र्दै उद्यमशिलताको विकास गर्नुपर्नेमा जोड दिए ।

बैंकले हाल कास्की, वाग्लुङ र म्याग्दी जिल्लामा रहेका १३ वटा शाखा कार्यालयहरुबाट विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधाहरु, मोबाइल बैंकिङ, निःशुल्क एटिएम सेवा, कनेक्ट आईपिएस जस्ता सुविधाका साथ साथै बचत तथा मुद्यद्धि खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.