पोखरा । ग्रीन डेभलपमेण्ट बैंक लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीच मर्जर सम्वन्धी सहमति नजिक पुगेको भनेर आएका समाचारको ग्रीन डेभलपमेन्टले खण्डन गरेको छ ।
शुक्रबार बैंकले विज्ञप्ति जारी गर्दै मर्जरको सहमति नजिक भनेर फैलाइएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
‘बैंकले आफै प्रादेशिक स्तरको विकास बैंक बन्न आवश्यक पुँजी वृद्धि गर्ने सम्वन्धी पुँजी योजना नेपाल राष्ट्र बैंक समक्ष पेश समेत गरिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाल अनलाइन मिडियामा पोखरा फाइनान्ससँग जोडिएर आएका मर्जर सम्वन्धी समाचारमा कुनै आधिकारिकता छैन ।’
Comments are closed.