ग्रीन डेभलपमेन्ट बैंकद्वारा दुई आर्थिक वर्षका लागि लाभांश घोषणा

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले पछिल्ला दुई आर्थिक वर्षका लाभांश सम्बन्धी निर्णयहरूको प्रक्रिया छिटो अघि बढाइरहेको छ । बैंकको सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर तथा ०.४२३१४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाको पारित भएपछिमात्र कार्यान्वयनमा आउनेछ । यससँगै बैंकले अघिल्लो आर्थिक वर्ष २०७७/७८ का लागि स्वीकृत लाभांशहरूको वितरण प्रक्रिया पनि अघि बढाएको छ । बैशाख २८, २०७९ मा सम्पन्न १०औँ वार्षिक साधारणसभाले सो वर्षको चुक्ता पुँजीबाट ७ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ रू. २,९८,८४७.३७ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। बोनस सेयरको कुल मूल्य रू. ५६,५८,१००.०० बराबर पर्छ ।

बैंकका अनुसार, २०७७/७८ को बोनस सेयर जेठ ३१, २०७९ सम्ममा सेयरधनीहरूको डिम्याट खातामा जमा गरिसकिएको छ । अब बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई नव–सूचीकृत सेयर सूचीकृत गरी कारोबार सुरू गर्न आग्रह गरेको छ ।

साथै, नगद लाभांश वितरण प्रक्रियाका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) लाई आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ । ग्रीन डेभलपमेन्ट बैंकले लाभांश वितरणका दुवै प्रक्रिया सहज र छरितो रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण कागजात उपलब्ध गराउन आफू पुर्ण तैयार रहेको जनाएको छ ।

You might also like

Comments are closed.