ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालक समितिमा बैकुण्ठराज तिमसेना नियुक्त

पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट बैकुण्ठराज तिमसेना सञ्चालक पदमा नियुक्त भएका छन् । असोज १८ गते आईतवार बसेको बैंकको सञ्चालक समितिको २५७ औं बैठकको निर्णयअनुसार उनि सञ्चालक समितिमा नियुक्त भएका हुन् ।

त्रिभुवन विश्व विद्यालयबाट बाणिज्य शास्त्रमा स्नातकोत्तर (एम.वि.ए) उत्तिर्ण गरेका तिमसेना सँग बैंकिङ क्षेत्रमा दुई दशक बढीको कार्य अनुभव रहेको छ । उहाँले यसअघि संस्थाको का.मु प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

नवनियुक्त सञ्चालक तिमसेनालाई बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठ, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी तथा व्यवस्थापन समूहले स्वागत तथा शुभकामना व्यक्त गरेका छन् ।

तिमसेनाको अनुभव र दूरदृष्टिले सञ्चालक समितिको निर्णय प्रक्रियालाई अझ परिपक्व बनाउँदै शेयरधनी, ग्राहक तथा सरोकारवालाको हितमा बैंकलाई अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा बैंकले गरेको छ ।

नवनियुक्त सञ्चालक तिमसेनाले सञ्चालक समिति प्रति आभार व्यक्त गर्दै शेयरधनीको हित संरक्षण र बैंकको संस्थागत सुशासनलाई मजबुत बनाउनमा आफू प्रतिबद्ध रहेको बताए ।

You might also like

Comments are closed.

Secret Link