ग्रीन डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा हरि बहादुर बुढाथोकी नियुक्त

पोखरा । ग्रीन डेभलपमेण्ट बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् । मंगलवार बसेको बैंकको संचालक समितिको बैठकले गत असार महिनादेखी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गर्दै आएका बुढाथोकीलाई चैत १ गतेदेखी कार्यभार सम्हाल्ने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्व विद्यालयवाट बाणिज्य शात्रमा स्नातकोत्तर उतिर्ण गरेका बुढाथोकीे सँग करिव डेड दशक भन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । बैंकिङ क्षेत्रको लामो अनुभव संम्हालेका बुढाथोकीले ग्राहक, शेयरधनी तथा निमयनकारी निकायहरुको चाहना तथा नीति निर्देशन बमोजिम बैंकको सेवा बिस्तार गरी बैंकलाई थप उचाइमा पु¥याउने बैंकले विश्वास लिएको छ ।

पोखरामा ८, न्युरोडमा केन्द्रिय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लि.ले शाखा कार्यालयहरु मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दे आएको छ । पछिल्लो समय ब्यापार विस्तारमा सफल रहदै आएको बैंकले कृषि, पर्यटन र साना उद्यम जस्ता क्षेत्रमा कर्जा लगानीलाई विषेश जोड दिदै आएको छ ।

You might also like

Comments are closed.