पोखरा । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लि.ले स्थापनाको आठौं वर्ष पार गरि नवौं वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका वडा नं २८ स्थित श्री रत्न शोभा मा.वि.मा वृक्षारोपण गर्नुका साथै उक्त विद्यालयका विद्यार्थी र शिक्षकलाई शुद्ध पानी पिउनका लागि युरोगार्ड समेत हस्तान्तरण गरेको छ ।
बैंकका संचालक कृष्ण शंकर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैंकका कर्जा विभाग प्रमुख हरि वहादुर वुढाथोकीले स्वागत गरेका थिए भने विद्यालयका प्रधानाध्यापक गोपाल वहादुर वुढाथोकीले वृक्षारोपण र युरोगार्ड हस्तान्तरण कार्यक्रमको लागि यस विद्यालयलाई छनौट गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै विरुवाको उचित संरक्षण र संवद्र्धन गर्ने वताए । सोही कार्यक्रममा वोल्दै वडा नं २८ का वडा सदस्य विष्णु प्रसाद तिवारीले वैंक नाफा कमाउने संस्था मात्र नभई सामाजिक कार्यहरु समेत गर्ने गरेकोमा धन्यवाद व्यक्त गर्दै स्थानिय सरकारवाट समेत यस्ता कार्यको अनुगमन, संरक्षण र संवद्र्धनमा सहयोग गर्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले वैंकले विभिन्न किसिमका आधुनिक वैंकिङ सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमा छरिएर रहेको पूँजीलाई एकिकृतगरि स्थानिय स्तरमै सञ्चालित उद्यमशिलतासँग सम्वन्धीत तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखी सहुलियपुर्ण कर्जा उपलब्ध गराउदैं आएकोले सो सुविधावाट स्थानिय स्तरका कृषक तथा उद्यमीहरु लाभान्वीत हुनुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा वोल्दै बैंकका संचालक कृष्ण शंकर श्रेष्ठले विद्यालय जस्तो पवित्र स्थानमा वृक्षारोपण गर्न पाउँदा खुसी भएको र अझै वृक्षारोपणको लागि थप स्थान उपलव्ध भएमा कार्यक्रम विस्तार गर्न सकिने बताए ।
बैंकले हाल कास्की, बागलुङ, म्याग्दी र नवलपुर जिल्लामा रहेका १३ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसीमका आधुनिक वैंकिङ सुविधाहरु, मोवाईल बैंैंकिङ, निःशुल्क एटिएम कार्ड, कनेक्ट आईपिएस, सिआस्वा जस्ता सुविधाका साथ साथै वचत तथा मुद्यती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ भने कास्की र नवलपुर जिल्लामा थप २ वटा शाखा विस्तारको कार्य गरिरहेको छ ।
Comments are closed.