ग्रीन डेभलपमेन्ट बैंक १३औं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम सम्पन्न

पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय कारोबार सञ्चालन शुरुवात गरेको १२ वर्ष पुरा गरी १३औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरम सोमबार बैंकको केन्द्रीय कार्यालय न्यूरोड पोखरामा । लायन्स क्लब अफ भद्रकालीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।

वार्षिकोत्सवकै अवसरमा बैंकले श्री रत्न शोभा माध्यामिक विद्यालय पोखरा २८ का विद्यार्थीलाई जुत्ता वितरण गरेको छ । विपन्न तथा जेहन्दार विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरिएको बैंकले जनाएको छ । बैंकका सम्पूर्ण शाखामा वार्षिकोत्सव अन्तर्गत विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाइएको बताइएको छ

बैंकले स्थापनाकालको १२औं वर्ष पार गरी १३औं वर्षमा प्रवेश गर्दै गर्दा अनवरत साथ एवं सहयोग प्रदान गर्ने बैंकका संस्थापक, अग्रज एवं शेयरधनी, ग्राहक, नियामक निकाय, कर्मचारी लगायत सरोकारवालाप्रति कृतज्ञताका साथै धन्यवाद ज्ञापन गरेको छ ।

सम्पूर्ण शुभचिन्तकको अटुट विश्वास, योगदान र सकारात्मक सहयोगले गर्दा बैंकले गौरवमय यात्रा पार गरी निरन्तर अघि बढेको र अझै बढी प्रभावकारी, गुणस्तरीय, विश्वासनीय, आधुनिक प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै जाने प्रण पनि बैंकले गरेको छ ।

बैंकले हाल बाग्लुङ, म्याग्दी, कास्की, तनहुँ र नवलपुर जिल्लाका १५ शाखा कार्यालयमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

 

You might also like

Comments are closed.