विन्ध्यबासिनीमा ‘ग्रिन ल्याण्ड कफी’, साथमा वारिष्टा स्कुल

पोखरा । कफी पारखीहरुलाई लक्षित गरी पोखराको विन्ध्यबासिनीस्थित एपि ग्यालरीमा ‘ग्रिन ल्याण्ड कफी’ सञ्चालनमा आएको छ । मोदी गंगा ग्रुप अफ कम्पनिज अन्तर्गत ग्रिन ल्याण्ड कफी सञ्चालनमा आएको हो ।

कफीका साथै बेकरी आइटमहरु पनि ग्रिन ल्याण्ड कफीबाट बिक्री भइरहेको सञ्चालक लोकराज पौडेलले जानकारी दिए । शुद्ध अर्गानिक कफीको स्वाद लिन पाइने भएकाले धेरैको आकर्षण देखिएको पौडेल बताउँछन् । ‘नेपाली फार्ममै उत्पादन गरिएको कफी मात्रै प्रयोग हुन्छ,’ उनले भने ।

ग्रिन ल्याण्ड कफीमा खाजा तथा नास्ताका लागि फुड आइटमहरु पनि ग्राहकको रोजाई अनुसार तयार हुने पौडेलले जानकारी दिए । नेपाली फार्ममै उत्पादन गरिएको कफी मात्रै प्रयोग हुने उनले जानकारी दिए । एस्प्रेसो, क्यापाचिनो, अमेरिकानो, फ्लेभर कफि, ब्रु कफी लगायत ग्राहकले आफ्नो चाहना अनुसार कफीको स्वाद लिन पाउनेछन् । ग्रिन ल्याण्ड कफीको आउटलेट कास्कीको नयाँपुलमा पनि सञ्चालनमा छ ।

ग्रिन ल्याण्ड कफीसँगै वारिष्टा ट्रेनिङ स्कुलसमेत सञ्चालन भइरहेको छ । उच्च शिक्षा तथा रोजगारीका लागि विदेश जान चाहने तथा नेपालमा नै हस्पिटालिटी क्षेत्रमा काम गर्न चाहनेहरुका लागि लक्षित गरी वारिष्टा ट्रेनिङ सञ्चालन गरिरहेको सञ्चालक पौडेलले जानकारी दिए ।

दक्ष तथा अनुभवी प्रशिक्षकबाट वारिष्ट ट्रेनिङ दिइने उनले बताए । ‘वारिष्ट ट्रेनिङ पछि विद्यार्थीलाई कफी सपमा इन्टर्नको व्यवस्था पनि गरिएको छ,’ उनले भने, ‘कफीको ट्रेनिङ लिने विद्यार्थीलाई कफी फार्ममा भिजिट गराउँछौं ।’ प्रशिक्षार्थीले कफी रोस्टिङ गर्न सिक्छन् ।

You might also like

Comments are closed.