नयाँपुलमा खुल्यो ‘ग्रिन ल्याण्ड रिसोर्ट’

कास्की । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी कास्कीको नयाँपुलमा ‘ग्रिन ल्याण्ड रिसोर्ट’ सञ्चालनमा आएको छ । युवा व्यवसायी लोकराज पौडेलले ग्रिन ल्याण्ड रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा प्रदान गर्ने गरी रिसोर्ट सञ्चालनमा ल्याइएको पौडेलले आर्थिक आवाजलाई जानकारी दिए ।

१० वटा डिलक्स रुमबाट सेवा सञ्चालनमा आएको पौडेलले बताए । ‘रुमहरु विस्तार गरी छिट्टै ३० वटा पुर्याउनेछौं,’ उनले भने । होटलसँगै नयाँ पुल अर्गानिक चुलो एण्ड क्याफे पनि सञ्चालन आएको छ । रेष्टुरेन्ट ५० जना क्षमताकोछ । सेमिनार हल, स्विमिङ पुलको सुविधा केही समयपछि उपलब्ध हुने उनले बताए । ‘होटलसँगै कफी सप सञ्चालनमा आइसकेको छ,’ उनले भने ।

मोदी गंगा ग्रुप अफ कम्पनिज अन्तर्गत रिसोर्ट सञ्चालनमा आएको हो । कम्पनीले सोही ठाउँमा २ वर्ष अगाडिबाट पेट्रोलपम्प समेत सञ्चालनमा ल्याइसकेको छ । मोदी गंगा आयल स्टोर्स कम्पनी प्रा.लि. गण्डकी प्रदेशकै नमुना पेट्रोलपम्प मानिन्छ । ग्रुप अन्तर्गत सलिजा सपिङ सेन्टर र अन्नपूर्ण हार्डवेयर एण्ड सप्लायर्स सञ्चालनमा छन् । रिसोर्टसहित ग्रुप अन्तर्गतका प्रोजेक्टहरुमा १० करोड रुपैयाँ लगानी भइसकेको बताइएको छ । ‘आवश्यकता अनुसार लगानी विस्ता हुनेछ,’ उनले भने ।

नयाँ पुल विश्व प्रशिद्ध ट्रेकिङ रुटको प्रस्थान विन्दु हो । घान्द्रुक, अन्नपूर्ण बेस क्याम्प, पुनहिल लगायतका प्रशिद्ध ट्रेकिङ रुट यहीँबाट सुरु हुन्छ । ‘पोखरा–बागलुङ हाइवेमा सुविधा सम्पन्न रिसोर्टको आवश्यकता महसुस गरी लगानी गरेका हौं,’ पौडेलले भने, ‘पर्यटकको रोजाईमा होटल पर्नेमा हामी विश्वस्त छौं ।’

 

मोदी गंगा ग्रुप अफ कम्पनिज अन्तर्गत हालसम्म मोदी गंगा आयल स्टोर्स, मोदी गंगा कन्स्ट्रक्सन, हिमचुली रियलस्टेट, ग्रिन ल्याण्ड रिसोर्ट, कफी बगान, सलिजा सपिङ सेन्टर, नयाँपुल अर्गानिक चुल्हो एण्ड क्याफे, समृद्धि बहुउद्देश्यीय कृषि कम्पनी प्रा.लि., अन्नपूर्ण हार्डवयर एण्ड सप्लायर्स, बगान वारिष्टा कफी स्कुल, बगान बेकरी सञ्चालनमा छन् ।

lcci
You might also like

Comments are closed.