‘गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड’को वार्षिकोत्सव

काठमाडौं । नेपालकै पहिलो लघु बीमा कम्पनी ‘गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड’ स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको छ ।

कम्पनीले आफ्नो २ वर्षको व्यावसायिक कार्यकाल सफलतापूर्वक सम्पन्न गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीप्रति विश्वास र सदभाव राख्ने सम्पूर्ण बीमित ग्राहकलाई धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

‘यस अवधिमा हामीलाई निरन्तर सहयोग, सुझाव, सल्लाह एवं मार्गदर्शन प्रदान गर्ने नेपाल बीमा प्राधिकरण, लगानीकर्ताहरु, सञ्चालकज्यूहरु, अभिकर्ता महानुभावहरु, कर्मचारीहरु, नेपाल सरकारका सम्बन्धित निकायहरु, प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग गर्ने शुभेच्छुक संघ संस्थाहरु, पत्रकार महानुभावहरु, एवं अन्य सम्पूर्ण शुभेच्छुकहरु प्रति हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यहाँहरुको सहयोगको अपेक्षा गर्दछौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको बीमा क्षेत्रमै पहिलो पूर्ण डिजिटल प्रणाली (पेपरलेस) अवलम्बन गर्दै आइरहेको जनाउँदै कम्पनीले समयसँगै प्रविधिमा भइरहेको विकास र प्रयोगलाई अनुसरण गर्दै आगामी दिनमा ग्राहकको सेवालाई अझ सरल र गुणस्तरीय बनाई गरिबी न्यूनीकरण र बीमा पहुँच अभिवृद्धिमा टेवा पुर्याउने प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले प्रतिवद्धता व्यक्त गरे ।

कम्पनीले यो अवधिमा रु ७ करोड ७६ लाख कुल दाबी भुक्तानी गरेको छ । दाबी भुक्तानी संख्या ८६४ (शत प्रतिशत दाबी भुक्तानी भएको) छ । शाखा सञ्जाल २६ (केन्द्रीय कार्यालय सहित), कर्मचारी संख्या ६२ छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.