गार्डियनका कर्मचारी, अभिकर्ता र बिमितहरुलाई फ्रन्टलाइनको स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्मचारी, अभिकर्ता र बिमितहरुले काठमाडौंको फ्रन्टलाइन हस्पिटलको सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् । कम्पनीका कर्मचारी, अभिकर्ता, बिमितका लागि हस्पिटलको स्वास्थ्य उपचार सेवामा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी दुई पक्षबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रवन्धक दिलीप शर्मा तथा हस्पिटलको तर्फबाट डा. योगेश न्यौपाने र डा. रोहन झाले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै इन्स्योरेन्स कम्पनीका कर्मचारी, अभिकर्तासँगै ५ लाख भन्दा बढी बिमीतहरु लाभान्वित हुने विश्वास गरिएको कम्पनीले जनाएको छ।

इन्स्योरेन्ससँग आबद्ध कर्मचारी, अभिकर्ता तथा बिमितहरुको हितका लागि सम्झौता गरिएको र यस अगाडि पनि विभिन्न संघसंस्था तथा अस्पतालसँग सम्झौता भएको प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बताए । आगामी दिनमा पनि यस्ता सम्झौता हुने उनको भनाइ छ ।

बिमितहरुको हकहितका लागि संस्थाले विविध गतिविधिहरु गरिरहेको प्रवन्धक शर्माले जानकारी दिए ।

You might also like

Comments are closed.