काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सोमबार होटल एअरपोर्ट, विराटनगरमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष उदिप श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
बीमा क्षेत्रमा सबैभन्दा पहिले साधारण सभा सम्पन्न गर्ने कम्पनीका रूपमा रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले साधारण शेयर सार्वजनिक निष्कासन पछिको शेयरधनी तथा आमन्त्रितलाई स्वागत गर्दै कम्पनीलाई आजको अवस्थामा पु¥याउन सहयोग गर्ने शेयरधनी, बीमित, अभिकर्ता, कर्मचारी, पुनर्बीमा कम्पनी तथा नियामक निकायप्रति धन्यवाद व्यक्त गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कम्पनीको प्रगति विवरण र भावी कार्यक्रमहरू जानकारी गराउँदै स्थापना कालको तेस्रो वर्षमै कम्पनीले रु. ४,०७,५८,६४२.०७ खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिए । सभामा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश प्रमुख प्रीतिवेल विशेष अतिथिका रूपमा उपस्थित भई कम्पनीको सफलताको शुभकामना व्यक्त गरे ।
सभामा आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरिनुका साथै आर्थिक वर्ष २०८२/०८३ का लागि नेहा एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने, लाभांश वितरण नगर्ने, सर्वसाधारण शेयरधनीतर्फबाट सञ्चालक पदमा निराज ढुंगानालाई अनुमोदन गर्ने तथा सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण क्षेत्रका विपन्न वर्गका महिलाहरूका लागि मातृशिशु स्याहार तथा सुत्केरी खर्च सहयोग कार्यक्रम अनुमोदन गर्ने निर्णय गरिएको थियो ।
साथै, हालको चुक्ता पुँजी रु. ७५ करोडको १०० प्रतिशत (१ः१) हकप्रद शेयर जारी गर्न, नियामक निर्देशनअनुसार अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्तावहरू पनि सभाबाट पारित भएका छन् ।





Comments are closed.