लघुवित्त क्षेत्रमा २० वर्ष बिताएका शर्मा गार्डियन माइक्रो लाइफमा

काठमाडौं । लघुवित्त क्षेत्रमा २० वर्ष भन्दा बढीको अनुभव संगालेका दिलीप शर्मा माइक्रो इन्स्योरेन्स कम्पनीमा आबद्ध भएका छन् । यस अगाडि लक्ष्मी लघुवित्तमा कार्यरत रहेका उनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लि.मा आबद्ध भएका हुन् ।

उनले गार्डियनमा प्रवन्धकसहित कर्पोरेट मार्केटिङ हेडको जिम्मेवारी सम्हाल्न सुरु गरिसकेका छन् । गार्डियनका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले शर्मालाई स्वागतसहित जिम्मेवारी प्रदान गरिसकेका छन् ।

jutta mela

बिराटनगरमा प्रधान कार्यालय रहेको कम्पनीले नेपाल भर कार्यक्षेत्र रहने गरी सेवा सुरु गरेको छ । शाखा कार्यालयहरु भोजपुर, खाँदबारी, चन्द्रगढी, चन्द्रनिगाहपुर, लहान, भरतपुर, नुवाकोट, स्याङजा, नेपाल गन्ज र महेन्द्रनगरमा स्थापना गरिसकेको छ भने अन्य ठाउँमा शाखा बिस्तारको तयारी गरिरहेको छ ।

प्रमुख कार्यकारी अधिकृत भण्डारी बिगत लामो समयसम्म बिमा क्षेत्रमा सक्रिय व्यक्ति हुन् । नेपालको पहिलो रिइन्स्योरेन्स कम्पनी नेपाल रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतसमेत भइसकेका भण्डारीको नेतृत्वमा गार्डियनको व्यवस्थापन टिम सक्रिय छ ।

You might also like

Comments are closed.