महोत्तरी । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने लक्ष्यसहित बर्दिवासका जिवनाथ पोखरेल ‘जेबी’ले उल्टो मोटरसाइकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । जेठ ९ गते सुरु भएको यो यात्रा सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित राष्ट्रिय कलाघरसम्म पुगेर टुंगिएको हो ।
यात्रामा सहभागी २५ जनाको टोलीले “मधेश टु महाभारत, सुस्वास्थ्यको सबैमा मुवारक” भन्ने नारासहित कलाघरमा सांस्कृतिक प्रस्तुति दिएका थिए । पोखरेल यसअघि पनि उल्टो साइकलयात्राबाट देशव्यापी ध्यान तानेका थिए । स्वास्थ्यकर्मी तथा गायक समेत रहेका उनले गिनिज रेकर्डका लागि निरन्तर प्रयास गरिरहेका छन् ।
Comments are closed.