गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको अगुवाइमा राष्ट्रियस्तरको वेबिनार हुने

पोखरा । पोखरामा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले असार १८ गते शुक्रबार विश्वव्यापी रुपमा बढ्दै गइरहेको कोरोनाजन्य संक्रमणका कारण उच्च शिक्षा प्रदायक संस्थाहरूलाई क्षती पुगेको सन्दर्भमा वेबिनार गर्ने भएको छ । विषम परिस्थितिमा उच्च शिक्षालयले कसरी भर्चुअल प्लेटफर्म निर्माण गरी उच्च शिक्षालयमा आबद्ध विद्यार्थीहरूलाई ज्ञानको संसारमा जोड्न सक्छन् भन्ने विषयमा वेबिनर सञ्चालन हुने बताइएको छ ।

हाल कोभिडकै कारण परम्परित रूपमा सञ्चालन हुँदै आएका शैक्षिक गतिविधिहरू पूर्णतः बन्द हुने अवस्थामा पुगेकोले विश्वका करोडौं विद्यार्थीहरूलाई शिक्षा प्राप्त गर्ने अवसरबाट बञ्चित बनाएको छ । यस कार्यशालामा विषम परिस्थतिमा उच्च शिक्षा प्रदायक संस्थाहरूले कस्ता खालका वैकल्पिक शैक्षिक गतिविधिहरू कुन कुन ढङ्गले सञ्चालन गरी ज्ञान प्राप्त गर्ने दिशामा राज्य तथा विश्वकै होनहार मस्तिष्कहरूलाई निरन्तर जोड्न सक्छन् भन्ने विषयमा बहस हुने क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी दिए ।

साथै यस अवस्थामा विकसित तथा पहुँच प्राप्त देशहरूले कस्ता खालका भर्चुअल प्लेटफर्म निर्माण गरी संस्थाका यावत् शैक्षिक क्रियाकलापहरू सञ्चालन गर्दै भौतिक कक्षाहरूलाई भर्चुअल कक्षामा रूपान्तरण गरिसकेका छन् भन्ने विषयमा पनि गम्भीर विमर्श हुनेछ साथै हामीले यस्तो विषम परिस्थितिमा संस्थाका यावत् गतिविधिहरूलाई टेक्नोलोजीको भरपूर प्रयोग गरी कुन रूपमा सञ्चालन गर्न समर्थ बन्न सक्नेछौँ र यस्तो कार्य सञ्चालन गर्न हरेक उच्च शिक्षा प्रदायक संस्थामा निहित आइक्युएसी विभागको कस्तो भूमिका हुनेछ भन्ने बारेमा परामर्श तथा अन्तक्रिया समेत सम्पन्न हुनेछ ।

विद्यार्थीले भोग्नुपरेको क्षतीलाई न्यूनीकरण गर्दै यस्तो परिस्थितिमा नेपालका उच्च शिक्षालयहरूले कुन रूपमा भर्चुअल प्लेटफार्म तयार गरी कसरी आफ्ना शैक्षिक गतिविधिहरू सञ्चालन गर्न सक्छन् भन्ने विषयमा पनि गहन बहस हुनेछ । त्यस्तै नेपालका विश्वविद्याय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत संस्थाहरूले यस परिस्थितिमा पनि आपूmहरूलाई कुन रूपमा अब्बल प्रमाणित गर्नका लागि अधिक से अधिक छात्रछात्राहरूलाई शैक्षिक गतिविधिमा समायोजन गर्न तथा संस्थाका आन्तरिक गुणस्तरमा हुन थालेको क्षतीलाई न्यूनीकरण गर्न सक्छन् र यस दिशामा उच्च शिक्षालयमा शैक्षिक गुणस्तर कायम गर्न खट्ने गुणस्तर प्रत्यायन विभाग (आईक्युएसी) ले कुन ढङ्गले काम गर्नु पर्दछ एवं यस क्षेत्रमा उसको कस्तो भूमिका हुन्छ भन्ने विषयमा  अन्तक्र्रिया हुने बताइएको छ । यसै क्षेत्रमा लामो अनुभव हासिल गरेका तथा यसै विषयमा विज्ञता प्राप्त गरेका मित्रराष्ट्र भारतको गुजरात विश्वविद्यालयका प्राध्यापक एवं भारतीय विश्वविद्यालय अनुदान आयोगका चिफ डाइरेक्टर डा. पी. एन. गजारको प्रमुख आतिथ्यतामा वेबिनार हुनेछ ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले नेपालभरका उच्च शिक्षा प्रदायक संस्थाहरूलाई जोड्नका निम्ति अधिकांश शिक्षण संस्थाहरूलाई पत्राचार तथा अन्य भर्चुअल माध्यमबाट सूचना प्रवाह गरिसकेको छ । यस अभिमुखीकरणबाट विश्वव्यापी संकटका अवस्थामा पनि वैकल्पिक विधिबाट कसरी शैक्षिक गतिविधिहरू सञ्चालन हुन सक्छन् र संस्थाको गुणस्तर अभिवृद्धिमा हरेक क्युएए प्राप्त क्याम्पसका आइक्युएसी विभागको कस्तो भूमिका हुनु पर्दछ भन्ने विषयमा विशेष परिचर्चा हुनेछ ।

संस्थाको आन्तरिक शैक्षिक गुणस्तर उन्नयनमा आइक्युएसीको भूमिका, विषम परिीस्थतिमा संस्थामा निहित आईक्युएसीका विशिष्ट प्रकार्यहरू,
संस्थाको आन्तरिक गुण सूचक र अडिट प्रक्रिया लगायतका बिषयमा बहस हुने बरालले बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.