फोर्स गुर्खा नेपाली बजारमा

पोखरा । फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी गुर्खा नेपाली बजारमा बिक्री वितरण शुभारम्भ गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच गुर्खा सार्वजनिक गरिएको छ । ‘ग्राउण्ड–अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म’मा निर्मित यो गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी–वागनलाई प्रतिविम्बित गर्छ ।

लामो र चौडा वनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ । यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ ।

मर्सिडिज निर्मित २६०० सिसी इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेंट) एक मात्र यस्तो गाडी हो जुन विना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ । यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाँग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको छ ।

अटो मिडिया यो गाडीको टेस्ट ड्राइभ सम्बधि गरेको कभरेजमा गुर्खाको डिजाइन, इस्टाइल र स्पेस अरु भन्दा उकृष्ट भएको जनाएका थिए ।

पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किमी वा ३ वर्ष छ । साथै ग्राहकहरुले चार पटकसम्म निः शुल्क सर्भिसिङ सेवा प्राप्त गर्नेछन् । दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधार सहित द गोर्खा २०२१ को अधिकृत विक्रेताले ग्राहकहरुलाई उच्च भन्दा उच्च सेवा र सुविधा प्रदान गर्नेछ ।

शक्ति, क्षमता एवं स्टाइलमा सर्वोत्कृष्ट फोर्स गुर्खा नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त रहेको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का अध्यक्ष ध्रुव थापा बताउछन् । आयाम फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हो ।

You might also like

Comments are closed.