गोर्खाज फाइनान्सको न्युरोड शाखा सासा कम्प्लेक्समा स्थानान्तरण

काठमाडौं । गोर्खाज फाइनान्सको न्युरोड शाखा कार्यालय स्थानान्तरण भएको छ । काठमाठौं महानगरपालिका वडा नं. २२ न्युरोड दुंगबहिलमा रहेको शाखा सोमबारबाट स्थानान्तरण भएको हो ।

साविकको स्थानबाट सोही वडाको करिब २ सय मिटर अगाडि पश्चिमतर्फ सासा कम्प्लेक्सको तेस्रो तलामा शाखा स्थानान्तरण भएको हो । स्थानान्तरण भएको शाखाको सोमबार एक कार्यक्रमबीच बैंकका अध्यक्ष यादवचन्द्र राईले उद्घाटन गरे ।

काठमाडौंको डिल्लीबजारमा प्रधान कार्यालय रहेको फाइनान्सको देशभर सातै प्रदेशमा गरी २७ वटा शाखा छन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.