काठमाडौंको कोटेश्वरमा गोर्खाज फाइनान्सको एक्स्टेन्सन काउन्टर

काठमाडौं । राष्ट्रियस्तरको गोर्खाज फाइनान्स लिमिटेडले काठमाडौंको कोटेश्वरमा एक्स्टेन्सन काउन्टर विस्तार गरेको छ । फाइनान्सले पहिलो एक्स्टेन्सन काउन्टर स्थापना गरेको हो । काउन्टरको सोमबार एक कार्यक्रमबीच फाइनान्सका अध्यक्ष यादवचन्द्र राई र जेष्ठ नागरिक डम्बर बहादुर तुम्बाहम्फेले उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बोल्दै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ्ले फाइनान्सले सेवा ग्राहीलाई छिटो छरितो सेवा प्रदान गरिरहेको बताए । विस्तारित काउन्टरबाट कोटेश्वर तथा आसपासका सेवाग्राही लाभान्वित हुने उनले विश्वास व्यक्त गरे ।

फाइनान्सले निःशुल्क डेबिट कार्ड, इन्टरनेट बैंकिङ, एविविएस सेवा, चेक बुक, कनेक्ट आई.पि.एस. तथा रेमिटेन्स लगायत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । फाइनान्सले मुख्य कार्यालयसहित २५ वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.