चार युवाको लगानीमा खुल्यो ‘गोर्खाज रेष्टुरेन्ट एण्ड बार’

काठमाडौं । चार जना युवा व्यवसायीहरुको लगानीमा ‘गोर्खाज रेष्टुरेन्ट एण्ड बार’ सञ्चालनमा आएको छ । काठमाडौंको सोल्टी मोडस्थित ग्राण्ड होटलको अगाडि उनीहरुले रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । रेष्टुरेन्ट २०२० मा सुरु भएपनि कोरोनाका कारण लकडाउन भएपछि हालै औपचारिक रुपमा सेवा सुरु भएको हो ।

रेष्टुरेन्टमा सञ्जीव दाहाल, कारलस लामा तामाङ, शिवनाथ कडरिया र शिव नगरकोटीको लगानी छ । उनीहरु यस अगाडि पनि हस्पिटालिटी क्षेत्रमै आबद्ध युवा हुन् । आफ्नै व्यवसाय गर्ने सोचका साथ उनीहरुले रेष्टुरेन्टमा लगानी गरेका छन् । १ सय ५० जनाको क्षमता रहेको रेष्टुरेन्टमा १ करोड २० लाख रुपैयाँ लगानी भएको छ ।

MANASLU

नेपाली, इन्डियन, कन्टिनेन्टल, चाइनिज लगायतका खानाका परिकारहरु रेष्टुरेन्ट उपलब्ध हुन्छ । झोल मःमः, हट गार्लिक विङ्स, बिर्यानी, खाना तथा खाजाका परिकार ग्राहकको रोजाई अनुसार रेष्टुरेन्टमा उपलब्ध हुने दाहालले जानकारी दिए । ‘पूर्ण पारिवारिक वातावरणमा सेवा प्रदान हुन्छ,’ दाहालले भने ।

शुक्रबार लाइभ म्युजिकको मज्जा समेत लिन सकिन्छ । कोरोनाको समयमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सेवा प्रदान गरिरहेको दाहालले बताए । होम डेलिभरी सेवा पनि उपलब्ध रहेको उनले बताए । रेष्टुरेन्टमा अहिले १५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...