उदयपुरमा पहिलो पटक पुग्यो फाइनान्स, गोर्खाजको शाखा खुल्यो

उदयपुर । प्रदेश नं. १ को उदयपुर जिल्लामा फाइनान्स कम्पनीको शाखा पहिलो पटक खुलेको छ । जिल्लाको बेल्टारमा गोर्खाज फाइनान्सले शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सका अध्यक्ष यादवचन्द्र राई, नेपाल राष्ट्र बैंक प्रदेश १ का निर्देशक सचेन्द्र तिमिल्सिना र चौदण्डी नगरपालिका मेयर खगेन्द्र राईले शाखाको सोमबार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

फाइनान्सकोे यो २४ औं शाखा हो । उदयपुरमा शाखा सञ्चालनमा ल्याएर जिल्लामा वित्तीय पहुँच बढाउन गोर्खाज फाइनान्सले सहयोग पुर्याउने नेपाल राष्ट्र बैंक प्रदेश १ का निर्देशक सचेन्द्र तिमिल्सिनाले बताए । वित्तीय सेवासँगै वित्तीय साक्षरता बढाउनसमेत फाइनान्सले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । शाखाबाट फाइनान्सले कृषि तथा उत्पादनमुलक क्षेत्रमा सहुलियत ब्याजदरमा कर्जा लगानी गर्ने अध्यक्ष राईले बताए ।

उक्त अवसरमा बोल्दै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङले उदयपुर जिल्ला तथा नगरपालिका क्षेत्रका सर्वसाधरणलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने बताए । ‘वित्तीय पहुँच पुर्याउने उद्देश्यले उदयपुरमा फाइनान्सले शाखा विस्तार गरेको हो,’ उनले भने, ‘शाखाबाट यस क्षेत्रका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।’

jutta mela

राष्ट्रियस्तरको गोर्खाज फाइनान्सको चुक्ता पुँजी ८७ करोड रुपैयाँ छ । फाइनान्सले ६ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने ८ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।

You might also like

Comments are closed.