गुरुङ ब्युटिपार्लरको सेवामा ३० वर्षको अनुभव, काठमाडौंमा सेवा विस्तार

ललितपुर । ३० वर्ष अगाडि सानो पुँजीबाट पोखरामा सेवा सुरु भएको गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमी प्रा.लि.ले सेवा विस्तारलाई तिब्र बनाएको छ । सञ्चालक चिनु गुरुङले सौन्दर्य क्षेत्रमा ३० वर्षसम्म हासिल गरेको अनुभवलाई थप परिस्कृत र परिमार्जनसहित काठमाडौंमा सेवा विस्तार गर्न सफल भएकी छन् ।

ललितपुरको कुमारीपाटीस्थित मेगा कलेजको अगाडि गुरुङ व्युटिपार्लरको शाखा सञ्चालनमा आएको छ । छिट्टै औपचारिक उद्घाटन गर्ने तयारी भइरहेको गुरुङले जानकारी दिइन् ।

काठमाठौं शाखामा सर्भिस र एकेडेमी दुवैलाई लक्षित गरिएको उनको भनाइ छ । सौन्दर्य क्षेत्रको बेसिक, प्रोफेशनल तथा एड्भान्स तालिम सञ्चालन हुनेछ । साथै सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा उपलब्ध हुने गुरुङले जानकारी दिइन् ।

एकेडेमीमार्फत फेसियल, नेल आर्ट, हेयर स्ट्रेट, थ्रेडिङ लगायतका सेवाहरु प्रदान गरिनेछ । साथै, विदेश जान चाहने इच्छुकका लागि विशेष अफरसहित तालिम प्रदान भइरहेको उनले जानकारी दिइन् ।

गुरुङ ब्युटिपार्लरको प्रधान कार्यालय पोखराको न्युरोडमा छ भने पृथ्वीचोक, भाटभटेनी, बगर, चिप्लेढुङ्गा, तनहुँको दुलेगौंडा शाखा सञ्चालन भइरहेको छ । सेवालाई देशव्यापी बनाउने लक्ष्यसहित राजधानीमा समेत सेवा विस्तार गरिएको जनाइएको छ ।

व्यवसायिक यात्रामा उनले हजारौं महिलालाई उद्यमशील तथा आत्मनिर्भर बन्न प्रेरित गर्दै आएकी छिन् । पोखरामा सञ्चालनमा रहेका धेरै महिला तथा पुरुष ब्युटिपार्लरका संचालकहरू चिनु गुरुङकै प्रशिक्षण र मार्गदर्शनबाट प्रेरित भएर अघि बढेका छन् ।

संचालक गुरुङका अनुसार समयको धैर्यता, निरन्तर संघर्ष र आत्मविश्वासले नै उनलाई यो सफलताको शिखरमा पु¥याएको छ । उनले नेपाल सरकारबाट राष्ट्रिय उद्यमी सम्मानसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु प्राप्त गरिसकेकी छन् ।

You might also like

Comments are closed.