पोखरा । पर्वतको फलेवास नगरपालिका ७ का ज्ञानेन्द्र पन्तलाई आन्तरिक राजस्व कार्यालय बागलुङले सम्मान गरेको छ । पर्वत जिल्लामा दर्ता भएका करदातामध्ये उनले आर्थिक वर्ष २०७६÷७७ मा सर्वाधिक आयकर दाखिला गरेका थिए ।
जिल्लामा सबैभन्दा धेरै आयकर दाखिला गरेकाले पन्तलाई दशौं राष्ट्रिय कर दिवसको अवसरमा सम्मान गरिएको हो । पन्त मेगा बैंक लिमिटेडका प्रदेश प्रमुख हुन् ।
‘यो अवसरको लागि आन्तरिक राजस्व कार्यलय, बाग्लुङप्रति हार्दिक धन्यवाद एवं रोजगारदाता संस्था मेगा बैंक नेपाल लिमिटेडप्रति हार्दिक आभार व्यक्त गर्दछु । जसले प्रदान गरेको रोजगारीले यो सम्मान सम्भव भएको हो,’ सम्मान पछि पन्तले भनेका छन् ।
Comments are closed.