काठमाडौं । तरकारी, फलफूल, खाद्यान्न लगायत अत्यावश्यक बस्तुको निःशुल्क होम डेलिभरी गर्दै सुरु भएको ग्यापु मार्केटप्लेस (gyapu.com) तेस्रो वर्षमा प्रवेश गरेको छ । ‘कोभिडको त्रसित माहोलमा यात्रा सुरु गर्नु पक्कै पनि सहज थिएन’ ग्यापुका सँस्थापक/सिइओ ज्ञानेन्द्र खड्का भन्छन्, ‘सजिलो नभए पनि उपभोक्तालाई सुबिधा दिने हाम्रो प्रणमा हामी रोकिएनौं र निरन्तर अगाडी बढ्यौं ।’
प्ले स्टोरमा ग्यापु मार्केटप्लेसको मोबाइल एप्लिकेसन एप स्टोरमा एक लाख बढी डाउनलोड पुगिसकेको छ भने आइओएसमा पनि उपलब्ध छ । दैनिक ७ सय भन्दा बढी नेपाल भर निःशुल्क डेलिभरी गर्दै आएको खड्का बताउँछन् ।
वार्षिकोत्सवको अवसरमा ग्यापुले ‘ग्यापुभर्सरी अनलाइन मेला’ आयोजना गरेको छ । चैत २५ देखि वैशाख २ गतेसम्म चल्ने आठ दिने महामेलामा ग्राहकले पाँच हजार वटा भन्दा बढि किसिमका दैनिक उपयोगी सामग्री खरिद गर्न सक्ने कम्पनीले बताएको छ ।
मेलामा सामग्री खरिद गर्ने ग्राहकले अधिकतम ८० प्रतिशतसम्म छुट पाउन सक्ने बताइएको छ । कम्पनीका अनुसार मेलामा ११ वटा भन्दा बढि प्रकार, २० वटा भन्दा बढि ब्राण्डहरुका सामग्री राखिएको छ । कम्पनीले ग्यापु ग्रेटेस्ट गिभ अवे÷फ्री ग्रेटेस्ट गिभ अवे अन्तर्गत १५ वटा ब्राण्ड राखेको छ।
लाइभ सेल रहने मेलामा विभिन्न बैंक र इ–वालेट मार्फत विशेष छुट पाउन सकिने कम्पनीले जनाएको छ। ग्राहकले एनसिसी बैंकमार्फत डिजिटल भुक्तानी गर्दा, माच्छापुछ्रे बैंकबाट डिजिटल भुक्तानी गर्दा र हिमालयन बैंकका कार्ड प्रयोग गरि भुक्तानी गर्दा ग्राहकले २० प्रतिशत छुट पाउने खड्काले बताए ।
कम्पनीले इ–वालेट छुट अन्तर्गत इ–सेवा, खल्ति र फोनपेसँग सहकार्य गरेको छ । मेलामा इ–वालेट मार्फत कारोबार गर्दा ग्राहकले सत प्रतिशत क्यास ब्याक सम्म पाउन सक्ने छन् । साथै एनआइसी बैंकका कार्ड प्रयोगकर्ता ग्राहकले विशेष छुट पाउने बताइएको छ ।
इसेवामार्फत कारोबार गर्ने ग्राहकले सय प्रतिशतसम्मको क्यास ब्याक लिन सक्ने कम्पनीले बताएको छ । खल्ती एपमार्फत कारोबार गर्ने ग्राहकले २० प्रतिशत छुट पाउन सक्नेछन् । फोन पे मार्फत कारोबार गर्ने ग्राहकले ३० प्रतिशत छुट पाउन सक्नेछन ।
Comments are closed.