प्रविधिमैत्री बन्दै हाम्रो सहयोगी सहकारी, क्युआरकोड सेवा सुरु

पोखरा । पोखराको पृथ्वीचोकमा रहेको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.ले क्युआर कोड सेवा सुरु गरेको छ । सरकारीको सेवालाई आधुनिक तथा प्रविधिमैत्री बनाउने क्रममा क्युआर कोड सेवा सुरु गरिएको अध्यक्ष शुक्रराज कँडेलले जानकारी दिए ।

क्युआर कोड सेवाको सोमबार एक कार्यक्रमबीच शुभारम्भ गरिएको छ । संस्थाका अध्यक्ष कँडेलले ब्ल्याक एण्ड ह्वाइट फेन्सीका सञ्चालक राजेन्द्र कार्कीलाई क्युआर कोड हस्तान्तरण गरी सेवा शुभारम्भ गरिएको हो ।

संस्थाले यस अगाडि स्मार्ट एपमार्फत मोबाइल बैंकिङ सेवा प्रदान गर्दैै आइरहेको छ । ‘हामीले सहकारीलाई प्रविधिमैत्री बनाउँदै लगिरहेका छौं,’ अध्यक्ष कँडेलले भने, ‘कोरोना महामारीको समयमा सहकारीले सुरु गरेको क्युआर कोड सेवाले डिजिटल पेमेन्टमा अझै सहयोगी भूमिका निर्वाह गर्नेछ ।’

सहकारीमा ९ सय ७४ जना सेयर सदस्य आबद्ध रहेको कँडेलले जानकारी दिए ।

You might also like

Comments are closed.