हाम्रो सहयोगी साकोसको ११औं साधारणसभा

पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. पृथ्वीचोक पोखराको ११औं वर्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष शुक्र राज कंडेलको सभापतित्वमा तथा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रबिरमण तिवारीको आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका सहकारी विभाग सदस्य राधिका शाही, संस्थाका संस्थापक अध्यक्ष गिरीप्रसाद गुरुङ, निबर्तमान अध्यक्ष शिवप्रसाद सापकोटा, लेखा समिति सदस्य रामचन्द्र पोख्रेल, सल्लाहकारहरू, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, विभिन्न उपसमिति संयोजक एवं सदस्यहरू, सेयर सदस्यहरुको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो ।

कोभिड १९ को जोखिमलाई मध्यनजर गरी सामाजिक दुरी कायम गरी कार्यक्रम गरिएको अध्यक्ष कँडेलले जानकारी दिए ।

You might also like

Comments are closed.