पोखरा । पोखरेलीहरुले अब चाइनाको हाउजे एनके बाइक चढ्न पाउने भएका छन् । ए वान मल्टिनेशनल ग्रुप प्रालिले पोखराको नयाँबजारमा उक्त बाइकको शो रुम सञ्चालनमा ल्याएको हो । १ सय ४९.२ सिसि इन्जिन क्षमता रहेको बाइकले शहरी क्षेत्रमा प्रति लिटर ४० किलोमिटर माइलेज दिने गण्डकी प्रदेशको आधिकारिक विक्रेता ए वान मल्टिनेशनलका प्रवन्ध निर्देशक शिवकुमार बाँस्तोलाले जानकारी दिए ।
शहरी तथा ग्रामीण दुवै क्षेत्रमा उपयुक्त यो बाइक अन्य एक्स एल (डर्ट) बाइकको तुलनामा नेपाली बजारमा सुपथ र सुहाउँदो भएको उनले दावी गरे । बाइकका अन्य विशेषताहरुमा ५ गियर, १२.५ लिटर क्षमताको पेट्रोल ट्याँकि, २ सय २२ एमएम उचाई तथा सुख्खा तौल १ सय ३९ केजी रहेको छ । स्मुथ इन्जिन तथा आवाजका कारणपनि यो बाइकले कोलाहलमुक्त वातावरण सिर्जना गर्ने बाँस्तोलाको भनाई छ ।
प्रालिले ग्राहकहरुको सुविधाका लागि साटफेर तथा फाइनान्सको व्यवस्था गरेको छ । प्रालिको सर्भिस सेन्टर रहेको छ भने बाइकका सबैखाले पार्टस् पनि सहज उपलब्ध हुने हुँदा ढुक्कसंग खरिद गर्न सकिने जनाएको छ ।
हाल एन.के.१५० मोडलमा आएको एक्स एल बाइकको मुल्य ३ लाख ९५ हजार रुपैयाँ रहेको छ । प्रालिले टेष्ट ड्राइभ समेत खुल्ला गरिसकेको जनाउँदै ग्राहकहरुलाई एकपटक यो बाइकको अनुभवका लागि आग्रह गरेको छ ।
कमलपोखरीस्थित कृष्ण पाउरोटीको विपरित दिशामा पहिलेको सुजुकी सोरुममा हाउजेको सोरुम रहेको छ ।
Comments are closed.