हाउजेको आठौं शोरुम इलाममा, बिक्री पछिको सेवालाई प्राथमिकता

इलाम । हाउजे मोटरसाइकलको शोरुम इलाममा सञ्चालनमा आएको छ । शोरुमको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । इलामको सिल्खान ९ मा राराहङ अटो प्लाजा नामक नयाँ शोरुममा हाउजेको मोटरसाइकलको बिक्री सुरुवात भएको कम्पनीले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि इलाम नगरपालिका वडा नम्बर ९ का अध्यक्ष श्यामकृष्ण घिमिरे, हाउजेका सेल्स एण्ड मार्केटिङ हेड प्रमिला खत्री, शोरुम संचालक प्रेम राई, कार्यक्रमका सभापति धन बहादुर राराहङ राइले हाउजे शोरुमको उद्घाटन गरेका हुन् । हाउजेका ग्राहकलाई उक्त अवसरमा चावीसमेत हस्तान्तरण गरिएकोछ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले इलाम तथा आसपासका क्षेत्रमा हाउजे बाइक लोकप्रिय हुने विश्वास व्यक्त गरे । बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुमबाट सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

jutta mela

हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्न हो । चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको सेल्स एण्ड मार्केटिङ हेड प्रमिला खत्रीले जानकारी दिइन् । कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गरिरहेको छ ।

‘डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ,’ खत्रीले भनिन् । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टस्समेत सर्वसुलभ मूल्यमा उपलब्ध रहेको खत्रीले बताइन् ।

काठमाडौंका कमलपोखरीस्थित कृष्ण पाउरोटीसँगै कम्पनीको मुख्य शोरुम छ । काठमाडौं उपत्यकाको टेकु, नयाँबजार र चाबहिलमा हाउजेको शोरुम छन् । उपत्यका वाहिर चितवन, हेटौंडा, पोखरा र संखुवासभामा अन्य शोरुम छ ।

You might also like

Comments are closed.