हाउजेका बाइक नेपाली बजारमा (मूल्य र विशेषता र भिडियोसहित)

काठमाडौं । चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु नेपाली बजारमा भित्रिएको छ । कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले हाउजे ब्राण्डको बाइकलाई नेपाली बजारमा ल्याएको हो । डिलर र सर्भिस सेन्टर बिस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको छ ।

नेपाली बजारमा उपलब्ध हाउजेको बाइक र स्कुटर मध्ये एनके १५० लोकप्रिय र बढी रुचाइएको कम्पनीका म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् । यो डर्ट सेगमेन्टको बाइक हो । हाउजे सुजुकीको चिनियाँ पार्टनरसिप कम्पनी हो । कम्पनीले सुजुकीको डिआर १५० र हाउजेको एनके १५० लाई समान विशेषता र फिचरसहित उत्पादन गर्दै आइरहेको छ ।

एनके १५० बाइक नेपाली बाटो सुहाउँदो रहेको खत्रीले बताइन् । ‘रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो छ,’ उनले भनिन् । यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ पर्छ । ‘बाइकको फिचर र विशेषता अनुसार धेरै सस्तो मूल्यमा हाउजेका बाइक नेपाली बजारमा उपलब्ध छन्,’ उनले भनिन् ।

रेड, ब्ल्याक र ह्वाइट गरी ३ कलारमा बाइक उपलब्ध छन् । हाउजेको टिआर १५० बाइक तथा भिएस १२५ स्कुटर पनि नेपाली बजारमा उपलब्ध छन् । टिआर १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ पर्छ ।

इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध हुने खत्रीले जानकारी दिइन् । ‘बिक्री पछिको सेवालाई हामीले प्राथमिकतामा राखेका छौं,’ उनले भनिन्, ‘पार्टस्समेत सर्वसुलभ मूल्यमा उपलब्ध हुनेछ ।’ क्वालिटीमा ध्यान दिएकाले हाउजेका बाइकहरु धेरै टिकाउ हुने खत्री बताउँछिन् ।

एक्स्चेन्जमा थप १५ हजार मुल्यांकन, नगदमा किन्दा १० हजार छुट

जुनसुकै ब्राण्डका पुरानो मोटरसाइकल तथा स्कुटरको एक्स्चेन्स सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । एक्स्चेन्ज गर्दा पुरानो बाइक तथा स्कुटरको बजार मूल्यभन्दा थप १५ हजार रुपैयाँ मूल्यांकन गरिने खत्रीले जानकारी दिइन् ।

नगदमा बाइक खरिद गर्दा १० हजार रुपैयाँ छुट प्राप्त गर्न सकिनेछ । सहज फाइनान्स सुविधा पनि कम्पनीले उपलब्ध गराएको छ ।

शोरुम विस्तार तिब्र

कम्पनीको मुख्य शोरुम कमल पोखरीस्थित कृष्ण पाउरोटीचोकमा छ । बाइक आयात गरेको छोटो समयमा नै कम्पनीले काठमाडौंको नयाँबजार र टेकुमा डिलर बिस्तार गरिसकेको छ । चावहिलमा यही साताबाट डिलर खुल्दैछ ।

हेटौंडा, चितवन, पोखरा र संखुवासभामा पनि डिलर बिस्तार भइसकेको छ । इलाममा छिट्टै शोरुम खुल्ने बताइएको छ । देशभरका अन्य मुख्य शहरमा पनि हाउजेको डिलर बिस्तार गरिने खत्रीले जानकारी दिइन् ।

You might also like

Comments are closed.