गोरखा गैरसरकारी संस्था महासंघले पायो नयाँ नेतृत्व, अध्यक्षमा हरि देवकोटा

गोरखा । गैरसरकारी संस्था महासंघ  जिल्ला शाखा गोरखाको अध्यक्षमा हरि देवकोटा सर्वसम्मत चयन भएका छन् । महासंघको सोमबार सम्पन्न २२औँ साधारण सभा तथा छैटौँ जिल्ला अधिवेशनले देवकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा वालकृष्ण लामिछाने, सचिवमा प्रमिला अधिकारी, सह–सचिवमा अनिता नेपाली र कोषाध्यक्षमा सुनिल न्यौपाने चयन भएका छन् । यसैगरी सदस्यहरुमा राज गुरुङ, साने गुरुङ, मिलन सिं बस्नेत, प्रतिमा राना, गीतामाया श्रेष्ठ रहेका छन् भने पदेन सदस्यमा निवर्तमान अध्यक्ष सिताराम श्रेष्ठ रहेका छन् ।

निवर्तमान अध्यक्ष सिताराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष अर्जुन भट्टराई प्रमुख अतिथि रहेका थिए । उद्घाटन सत्रमा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापा, नेकपा एमालेका जिल्ला सचिव काजिराम रोका, माओवादी केन्द्रका जिल्ला सचिव अंकुर तिमिल्सिना, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

You might also like

Comments are closed.