काठमाडौं । नेपाली काँग्रेसको उद्योग तथा व्यापार विभागको आमन्त्रित सदस्यमा युवा व्यवसायी हरिराज पन्त मनोनित भएका छन् । विभागका प्रमुख चिनकाजी श्रेष्ठले पन्तलाई उक्त पदमा मनोनित गरेका हुन् । श्रेष्ठले पन्तलाई मनोनयन पत्रसमेत हस्तान्तरण गरेका छन् ।
काँग्रेसको उद्योग तथा व्यापार विभागको आमन्त्रित सदस्यमा मनोनित हुन पाउँदा खुसी लागेको पन्तले बताए । ‘पार्टीबाट प्राप्त जिम्मेवारीलाई इमान्दारिताका साथ पुरा गर्नेछु,’ उनले भने ।
नेपाल वितरक महासंघका महासचिव पन्त पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, अधिकृत बिक्रेता संघ कास्कीको अध्यक्ष लगायत विभिन्न व्यावसायिक तथा सामाजिक संघसंस्थामा आबद्ध छन् ।
Comments are closed.