भन्सार, पारवहन र नीतिगत जटिलताहरू सुल्झाउन नेफाको योगदान

हरिप्रसाद ढकाल, महासचिव, नेपाल फ्रेट फरवार्डरस एसोसिएसन

नेपालको अन्तर्राष्ट्रिय व्यापार र आपूर्तिलाई सुदृढ बनाउन ‘नेपाल फ्रेट फरवार्डरस एशोसिएसन (नेफा) ले खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण छ । नेपाल जस्तो भूपरिवेष्ठित देशका लागि समुद्री बन्दरगाहसम्मको सहज पहुँच नहुनु, जटिल पारवहन प्रक्रिया, र उच्च ढुवानी लागत सधैँ मुख्य चुनौतीका रूपमा छन् । यस्तो अवस्थामा उत्पादनकर्तादेखि विदेशी बजारसम्म वस्तुहरू सुरक्षित, छिटो र किफायती रूपमा पुर्याउने कार्य लजिस्टिक्स क्षेत्रले गर्दै आएको छ ।

सन् १९९८ मा स्थापना भएको नेफाले विगत तीन दशकदेखि नेपालका फ्रेट फरवार्डरहरूलाई एउटै छातामुनि गोलबन्द गर्दै आएको छ । यो संस्था केवल व्यवसायीहरूको हकहित रक्षा गर्ने माध्यम मात्र नभई सरकार, भन्सार प्रशासन, एयरलाइन्स, र अन्तर्राष्ट्रिय निकायहरूबीच व्यापार सहजीकरण गर्ने भरपर्दो पुल बनेको छ ।

नेपाल सरकार र सम्बद्ध निकायहरूसँग निरन्तर संवाद गरी भन्सार, पारवहन र नीतिगत जटिलताहरू सुल्झाउन संस्थाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै नेफाले नेपाली लजिस्टिक्स क्षेत्रलाई विश्वसामु चिनाएको छ । सन् २०२६ मा काठमाडौँमा आयोजित FAPAA Conference2026 ले नेपाललाई दक्षिण एशियाको उदीयमान लजिस्टिक्स साझेदारका रूपमा स्थापित गर्न ठूलो सहयोग पु¥यायो ।

व्यवसायीहरूलाई विश्वव्यापी मापदण्ड अनुसार सक्षम बनाउन नेफालेI ATA DG, CBTA, र एयर कार्गो व्यवस्थापन सम्बन्धी उच्चस्तरीय तालिमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ । हरेक वर्ष जुलाई २९ मा मनाइने ‘कार्गो डे’ ले सम्पूर्ण लजिस्टिक्स क्षेत्र, सरकार र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर रचनात्मक छलफल र प्रोत्साहन दिने वातावरण बनाएको छ ।

डिजिटल रुपान्तरण, पारदर्शिता र व्यावसायिक नैतिकतालाई अङ्गीकार गर्दै नेफाले आज राष्ट्रिय अर्थतन्त्रलाई गति दिन र नेपालको निर्यात व्यापारलाई प्रतिस्पर्धी बनाउन परिपक्व र अपरिहार्य संस्थाको रूपमा आफ्नो बलियो उपस्थिति दर्साएको छ ।

You might also like

Comments are closed.