हरपलको ब्राउन बासमती राइस बजारमा

काठमाडौं । हरपलको बिक्रेता हरपल फुड्स प्रा.लि.ले थप नयाँ ब्राण्डको चामल नेपाली बजारमा ल्याएको छ । बिगत १६ वर्षदेखि चामलको बिक्री वितरण गर्दै आइरहेको कम्पनीले ग्यालेक्सी प्रिमियम बासमती राइस २० केजीको प्याकमा, ग्यालेक्सी जम्बो ११२१ बासमती राइस २० केजीको प्याकमा र ग्यालेक्सी ब्राउन बासमती राइस १ केजीको प्याकमा बजारमा ल्याएको हो । ग्यालेक्सी ब्राउन बासमती राइस सुगरका बिरामीलाई लक्षित गरी बजारमा ल्याइएको कम्पनीका प्रवन्धक तारामान धामीले जानकारी दिए ।

त्यसैगरी कम्पनीले हरपल रिच राइस २० केजी र ५ केजीको प्याकमा बजारमा उपलब्ध गराइरहेको छ । मधुमेहका बिरामीलाई लक्षित गरेर हरपल उसिना चामल २० केजी र ५ केजीको प्याकमा उपलब्ध छ ।

jutta mela

अल्नाज बासमती ५ केजी र १ केजीमा नेपाली बजारमा बिक्री भइरहेको छ । हरपल पसन्द चामल स्टिम र बोइल गरेर २० र ५ केजीमा उपलब्ध छ । दीपम सोनम जिरा मसिनो चामल २५ केजीमा उपलब्ध छ ।

प्रा.लि.ले यही वर्षबाट शुभमालिका ब्राण्डको चामल बिक्री वितरणको सुरुवात गरिसकेको छ । यो चामल २५ केजीको प्याकमा नेपाली बजारमा उपलब्ध छ । स्पेसल बिर्यानीका लागि ग्यालेक्सी गोल्डेन सेला बासमती राइस पनि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

 

You might also like

Comments are closed.